काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओली सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्र हेलम्बु पुगेका छन् । प्रधानमन्त्री ओली शनिबार मध्यान्ह हेलिकोप्टरमार्फत हेलम्बु पुगेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्री ओली अहिले हेलिकप्टरबाट ओर्लिएर हेलम्बु क्षेत्रमा रहेका छन् भने यसपछि मेलम्ची क्षेत्रमा पुग्नेछन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाँदै छन् । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिराबाट जनधनको क्षति भएको थियो ।