काठमाडौँ – नेकपा एमालेको भातृ संगठन युवा संघ र राष्ट्रिय खेलकुद महासंघले वर्तमान सरकार र नेकपा एमालेविरुद्ध घेराबन्दी भएको भन्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।


ADVERTISEMENT


आइतबार काठमाडौंको बानेश्वरमा युवा संघल सरकारले संविधानअनुसार नै काम गर्दा पनि घेराबन्दी पार्न खोजिएको भन्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले आइएम वीथ केपी ओली, ‘स्वतन्त्र न्यायपालिकाको सम्मान गरौं, संविधानको कार्यान्वयन गरौं’, ’संवैधानिक सर्वोच्चता कायम गरौं, व्यवस्था विरोधी कदम बन्द गरौं’ लगाएतका प्लेकार्ड बोकेका थिए । त्यस्तै सहभागीले ’आजलाई होइन भोलिलाई १० वर्ष ओलीलाई’, ’कानुनी शासन कायम गरौं’, ’बौद्धिक अराजकताको अन्त्य गरौं’ लगायतका नारा लगाएका थिए ।


ADVERTISEMENT

# # #


त्यस्तै आइतबार नै एमाले निकट खेलकूद महासंघले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा, संविधान र ओलीको डमीसहित आइतबार प्रदर्शन गरेका छन् । काठमाडौंको त्रिपुरेश्वरमा गरिएको प्रदर्शनका क्रममा केपी ओलीको पक्षमा नारावाजी गरेका थिए । खेलकूद महासंघका अध्यक्ष रमेश पौडेलले सरकारलाई असफल बनाउने काम भएको र मुलुकमा अराजक अवस्था सिर्जना गर्न खोजिएको भन्दै खवरदारी गरिएको बताए ।

उनले भने, ‘हाम्रो रगतले कोरिएको संविधानको हो । यसको रक्षाका लागि खेलाडीहरु जसरी २०६२६३ सालमा सडकमा आएका थिए, यसैगरी आज त्यही संविधानमाथि धावा बोलिने हो कि, गलत ट्रयाकमा मुलुक जाने हो कि भनेर खबरदारी गर्न आज हामी सडकमा आएका हौँ ।’

एमाले निकट संगठनले जनताको सार्वभौमसत्ताको रक्षा र विपक्षी गठबन्धनको असंवैधानिक तथा राष्ट्रघाती कदमका विरुद्ध निरन्तर प्रदर्शन गर्ने जनाएका छन् ।