काठमाडौँ – बितेको २४ घण्टामा नेपालमा थप एक हजार ८३१ जनामा कोरोना भाइरस देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल नौ हजार २१८ को नमूना परीक्षण गर्दा थप एक हजार ८३१ मा कोरोना देखिएको हो ।


ADVERTISEMENT


मन्त्रालयका अनुसार पिसीआर विधिबाट पाँच हजार ५३५ नमूना परीक्षण गर्दा एक हजार २३७ र एन्टिजेन विधिबाट तीन हजार ६८३ को परीक्षण गर्दा ५९४ मा पोजेटिभ देखिएको हो । हाल देशभर २६ हजार १७३ जना सक्रिय सङ्क्रमित रहेका छन् भने तीमध्ये १७५ भेन्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा २० जनाको कोरोनाको कारण मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै कोरोनाबाट थप १५३३ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा ६ लाख १९ हजार ८९४ जना कोरोनामुक्त भएका छन् । हाल २६ हजार १७३ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ३०४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख १५ हजार ४७५ वटा पिसिआर र २ लाख ३४ हजार ७७७ वटा एन्टीजेन परीक्षण गरिएको छ ।