काठमाडौं – माओवादीकी पुर्व लडाकु तथा विश्व च्यासम्पियन धाबिका मिरा राईको जीवनमा आधारित टेली फिल्म ‘मिरा’ युट्युवबाट सार्वजनिक गरिएको छ ।


ADVERTISEMENT


केही पहिले फ्रान्समा आयोजित ८० किलोमिटरको अल्ट्रा दौडमा पहिलो हुँदै स्वर्ण पदक बिजेता बनेपछि चर्चामा आएकी मिराको कथामा आधारीत चलचित्र ‘मिरा’ ४२ मिनेट अवधिको रहेको छ ।


ADVERTISEMENT

# # #


काठमाडौ पर्वतीय चलचित्र माहोेत्सव लगायत बिभिन्न महोत्सवमा प्रदर्शित चलचित्रले धेरै पुरस्कार समेत जितिसकेको छ ।
मिराको माओवादी लडाकु हुँदा देखि अल्ट्रा दौडमा स्वर्ण पदक जित्दा सम्मको कथा चलचित्रमा अटाएको छ । मिरा नेशनल जोग्राफीको साहसी बर्ष ब्याक्ति सुचिमा समेत पर्न सफल महिला हुन् ।

पुर्वी नेपालको भोजपुरमा जन्मिएकी मिरा जनयुद्धको समयमा नेकपा आवोवादीकी लडाकु थिइन् । शान्ति सम्झौता पनि सेनामा अयोग्य ठहरिएकी उनी बिदेश जाने योजनामा काठमाडौ छिरेकी थिइन् । सोही समय कराते प्रशिक्षक धु्रवबिक्रम मल्लको प्रेरणाले उनी खेल तिर लागेकी हुन् ।