काठमाडौँ– सरकारले आजदेखि देशको ७७ वटै जिल्लाबाट कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोपको वितरण पुनः शुरु गरेको छ ।


ADVERTISEMENT


विभिन्न प्राथमिकताका आधारमा छुट्याइएको खोपको पहिलो मात्रा वितरण गर्ने सरकारको  निर्णय सार्वजनिक भएसंगै आज टेकुमा खोप लगाउनेको भीड देखिएको छ । कोभिड–१९ को संक्रमण एवम् जोखिम कम गराउने खोपको पहिलो मात्रा प्राथमिकतागत रुपमा सर्वसाधारणलाई वितरण गर्ने सूचना सार्वजनिकसंगै आज टेकुमा खोप लगाउनेको भीड असङ्ख्य देखिएको हो ।


ADVERTISEMENT

# # #


खोप लगाउनेको लामवद्वमा विभिन्न उमेर तथा पेशागत समूह रहेका देखिन्छन् । संक्रमणको विरुद्व खोप लगाउन लाममा बसेकाहरुले मास्कको प्रयोग गरेपनि सामाजिक दूरी कायम गरेको भने देखिएको छैन ।

सरकारले चीनबाट प्राप्त भेरोसेल ५५ वर्ष र सो माथिका उमेर समूहसंगै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई पनि लगाइने जनाएको छ भने हिजो मात्रै अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोपको प्राथमिकतामा ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिक, पूर्ण र अति अशक्त अपाङ्गता भएका नागरिक र हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई राखेको छ ।

अहिलेसम्म नेपालमा कूल जनसङ्ख्याको ८.८ प्रतिशत जनसङ्ख्या अर्थात् २६ लाख ११ हजार ८०७ जनाले पहिलो मात्रा र ३.५ प्रतिशत अर्थात् १० लाख ४१ हजार ३६६ जनाले दोस्रो मात्राको खोप लगाइसकेका छन् ।