काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीका नाममा विशेष सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


ओलीले आज दिउँसो २ बजे सम्बोधन गर्ने जानकारी उनका प्रेस सल्लाहकार सुर्य थापाले दिएका हुन् ।


ADVERTISEMENT

# # #


नेकपा एमालेको स्थायी समिति बैठक आज दिउँसो १ बजे बालुवाटारमा डाँकिए पनि प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भनिएकाले बैठक बस्ने/ नबस्ने भन्ने विषयबारे भने अहिलेसम्म यकिन भएको छैन ।

ओलीद्वारा दोस्रो पटक जेठ ८ गते गरिएको प्रतिनिधि सभा विघटन विरोध बदर गर्दै सर्वोच्च अदालतले सोमबार शेरबहादुर देउवालाई २८ घन्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । यसका लागि सर्वोच्चले राष्ट्रपतिलाई आज ५ बजेसम्मको समयसीमा तोकेको छ ।