काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओलीले विश्वमै पहिलो पटक सर्वोच्च अदालतले प्रधानमन्त्री हटाएको र प्रधानमन्त्री तोकेको बताएका छन् ।


ADVERTISEMENT


समेबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अदालतबाट प्रधानमन्त्री तोक्नु वा हटाउनु बिडम्बनापूर्ण रहेको बताएका हुन् । उनले भने, ‘विश्वकै इतिहासमा पहिलो पटक सम्मानित सर्वोच्च अदालतले प्रधानमन्त्री हटायो र प्रधानमन्त्री तोक्यो । यही कुरा विश्व न्यायप्रणालीमा अनुकरणीय–अनुशरणीय भएछ भने बिडम्बना नै भन्नुपर्ला ।’


ADVERTISEMENT

# # #


उनले सर्वोच्चको कदम इतिहासको घडीमा परिक्षित हुन बाँकी नै रहेको बताए । आफ्नो सरकार ढाल्न विभिन्न षड्यन्त्र भएको बताउँदै विभिन्न अपवित्र गठबन्धन समेत भएको जिकिर गरे । ‘नेकपा पार्टी फुट्यो, फुटाइयो । फुटाउनु पर्ने कुनै कारण थिएन ।’ उनले भने, ‘सरकारले राम्रै काम गरिरहेको थियो । केही व्यक्तिको पदबाट कहिल्यै तृप्त नहुने महत्वकांक्षाका कारण पार्टीमा असहिष्णुता पैदा भयो ।’