काठमाडौँ– जापान सरकारले कोभ्यास सुविधा अन्र्तगत नेपाललाई कोभिड–१९ विरुद्वको १६ लाख एस्ट्राजेनेका खोप उपलब्ध गराउने भएको छ ।


ADVERTISEMENT


जापानी दुतावासले मंगलबार एक विज्ञप्ति जारी गर्दै जापानका विदेशमन्त्री मोटेजी टोशिमिटसुले नेपाललाई एस्ट्राजेनेका प्रदान गर्ने घोषणाको  सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


कोभिशिल्डको दोस्रो मात्रा नपाएका झण्डै १४ लाख वृद्व नागरिक एवम् कोभिड विरुद्वको पहिलो खोप नपाएकालाई वितरण गर्ने भनिएको सो खोप जापानले जुलाई मध्यदेखि अगस्ट अन्तिम सातासम्ममा नेपाल पठाउने जनाएको छ ।

नेपालका लागि जापानी राजदूत किकुता युताकाले सो खोपले नेपाल–जापानबीचको लामो मैत्रीपूर्ण सहकार्यको प्रतिबिम्ब गर्ने बताएका छन् ।

जापानीज दूतावासद्वारा जारी प्रेस विज्ञप्ति