काठमाडौँ – ललिता निवास जग्गा प्रकरणमा मुद्दा चलाइएका कांग्रेसका नेता विजयकुमार गच्छदार १० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन् । बुधबार विशेष अदालतले गच्छदारलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएपछि गच्छदार रकम बुझाएर तारेखमा रिहा भएका हुन् ।


ADVERTISEMENT


यसअघि फरार सूचीमा रहेका गच्छदार बुधवार बिहान आफैँ विशेष अदालतमा उपस्थित भएका थिए । भ्रष्टाचार अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छादारविरुद्ध नौ करोड ६५ लाख ७६ हजार रुपैयाँ बिगो माग गर्दै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले पछि थप प्रमाण जुटाएर ठहरिए बमोजिम हुने गरि अहिलेलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिइएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


रिहा भएपछि गच्छदारले अदालतको निर्णयलाई आफुले सम्मान गर्ने प्रतिक्रिया दिए । आफुमाथिको अभियोग पुर्वाग्रह र पूर्णरुपमा प्रतिशोषपूर्ण रहेको उनको भनाई छ । उनले यस विषयमा छिटै अन्य जानकारी गराउने बताए

बालुवाटारको ललिता निवास प्रकरणमा सरकारी जग्गा व्यक्तिको नाममा बनाएको अभियोगमा २०७६ माघ २२ गते विशेष अदालतमा मुद्दा दर्ता भएको हो । उनीँसँगै एक सय ७५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो । यो मुद्दाका केही व्यक्ति रिहा भइसकेका छन् भने केहीमाथि मुद्दा चलिरहेको छ ।