काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग छलफल गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीको शपथ लिएको भोलिपल्टै बुधबार प्रधानमन्त्री देउवाले कोरोना रोकथाम, उपचार र नियन्त्रणबारे सीसीएमसीले हालसम्म गरेका काम कारबाहीबारे जानकारी लिएका हुन् । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनले सीसीएमसीलाई कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन समेत दिएका छन् ।


ADVERTISEMENT

# # #


‘आज कोभिड–१९ को उपचार, रोकथाम र व्यवस्थापनकाबारेमा हालसम्म भएका काम–कारवाहीका विषयमा कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) सँग जानकारी लिएको छु।’ प्रधानमन्त्री देउवाले ट्वीटरमा भनेका छन्, ‘कोरोनाको उपचार, रोकथाम र नियन्त्रणलाई अझ चुस्त र प्रभावकारी बनाउन निर्देशन गरेको छु ।’

कोरोना रोकथाम तथा नागरिकलाई यही निःशुल्क खोप उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता रहने प्रधानमन्त्री देउवाले बताउँदै आएका छन् ।