काठमाडौँ – यातायात २८ प्रतिशत भाडा दर बढाउने सकरारको निर्णय सकारात्मक रहेको यातायात व्यवसायीले बताएका छन् ।


ADVERTISEMENT


भाडादर समायोजन गर्नु सरकारको दायित्व भएको बताउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले कोरोनाले थिलथिलो बनेको यातायात व्यवसायलाई माथि भाडा समायोजनले थोरै भए पनि राहत महसुस भएको बताएका छन् ।


ADVERTISEMENT

# # #


हिमालय पोष्टसँगको कुराकानीमा उनले पटकपटक नेपाल आयग निगमले पेट्रोलियम पदार्थको मूल्य बढाउँदा पनि करिब १० वर्षसम्म यातायातको भाडा समायोजना हुन नसक्दा यातायात व्यवसायीहरु मर्कामा परेका बताए । बसको मूल्य, लुब्रिकेन्टको मूल्य, टायर लगायतका उपकरणको मूल्य बढिरहँदा भाडा पनि बढ्न आवश्यक रहेको उनले जिकिर गरे ।

‘२०६९ सालदेखि भाडा समायोजन हुन सकेको थिएन । सरकारले २०६५ सालमा नै बनाएको वैज्ञानिक भाडालाई समायोजन गरिएको छ ।’ महासचिव सिटौलाले हिमालय पोष्टसँग भने, ‘अहिलेको भाडादरले त तेल हाल्न पनि पुग्दैन । गाडी पानीले त चल्दैन । त्यसैले भाडा समायोजन नहुँदा यातायात व्यवसायीहरु खरानी हुने अवस्थामा थिए ।’

उनले आफूहरुले विगत लामो समयदेखि विज्ञको प्रतिवेदनसहित भाडा समायोजनका लागि सरकारलाई आग्रह गरे पनि बल्ल कार्यान्वन भएको बताए । भाडा वृद्धि हुँदा आखिर सर्वसाधारण नै मर्कामा पर्छन् नि भन्ने प्रश्नमा महासचिव सिटौलाले यसबारे सरकारले नै सोच्नु पर्ने बताए ।

हामीले प्रतिवेदन बुझाएपछि पनि तीन पटक पेट्रोलियम पदार्थको मूल्य बढिसक्यो । हामी पनि निजीस्तरबाट सञ्चालित छौँ ।’ उनले भने, ‘कोरोनाका कारण जारी निषेधाज्ञाले गाडीहरु थन्किएर रहेको र कति लिलामीमा पुगेका छन् । सरकार र सर्वसाधारणले यो मर्कालाई पनि बुझिदिनु पर्छ ।’

यातायात व्यवस्था विभागले बनाएको कार्यदलले बनाएको प्रतिवेदनअनुसार गत असार २७ गते निवर्तमान भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङको मन्त्रीस्तरीय निर्णयबाट उक्त निर्णय गरेको थियो । सोही अनुसार विभागले आजदेखि भाढा बढाएको हो ।

जस अनुसार सरकारले यात्रुवाहक सवारीमा २८ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीमा २० प्रतिशत र तराईमा चल्ने मालवाहक सवारीमा २६ प्रतिशत भाडा वृद्धि गरेको छ ।