काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंकको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा मनोज न्यौपाने नियुक्त भएका छन् ।


ADVERTISEMENT


असार २० गते बैंकका सीईओ तुलसीराम गौतमले दिएको राजीनामा दिएपछि बुधबार बसेको सञ्चालक समितिको बैठकले न्यौपानेलाइ कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । यसअघि उनी सोहि बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।


ADVERTISEMENT

# # #


भोलीबाट पुर्व सीईओको राजीनामा स्वीकृत हुने र सोही दिनदेखि नै न्यौपानेले आफ्नो कामु सीईओको कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।