काठमाण्डौं-  बेलायती नागरिकको नाममा फेसबुक आइडी बनाएर ठगी गर्ने कार्यमा संलग्न एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश घर भइ हाल काठमाडौं-३०, डिल्लीबजार बस्दै आएका ५६ वर्षीय प्रदीपकुमार अग्रवाल छन् ।


ADVERTISEMENT


केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जका अनुसार नक्कली आइडीबाट बहुमुल्य सामान, बेलायती पाउण्ड र अमेरिकी डलरसमेत भएको पार्सल पठाइदिने र त्यो भारतको राजश्व कार्यालयमा अड्किएको भन्दै रकम मागेर ठगी गर्ने कार्यमा उनी संलग्न थिए ।


ADVERTISEMENT

# # #


यसअघि ब्यूरोले आइएमईमार्फत रकम पठाउन लगाउने पवन न्यौपाने र प्रदीप सुब्बालाई पक्राउ गरिसकेको थियो । उनीहरुबाट रकम लिएर हुण्डीमार्फत भारत पठाउने कार्यमा अग्रवालको संलग्नता खुलेपछि आइतबार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।