काठमाडौं । चुनावी रस्साकस्सीका बीच कस्लाई उमेद्वार बनाउने भन्ने बिषयले पार्टीहरुमा ठूलै बहस चलिरहेको छ । यो बेला उत्कृष्ट र चुनाव जित्ने नेतालाई टिकट दिनुपर्ने बिषयले कांग्रेसमा बलियो स्थान पाईरहेको छ ।


ADVERTISEMENT


नेपाली काग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल तनहुं क्षेत्र नं २ को लागि प्रतिनीधी सभा सदस्यका लागि उमेद्वारीको प्रतिस्पर्धामा छन् । प्रदीप पौडेल नेपाली काग्रेसका संशक्त नेताका रुपमा चिनिन्छन् । नेविसंघ पूर्बअध्यक्ष समेत रहेर देशैभर राम्रो संगठन निर्माण गर्दै कार्यकर्ताहरुको मन जितिसकेका पौडेललाई कांग्रेसमा उदाउँदो युवा नेताको रुपमा हेर्ने गरिन्छ । पार्टी महाधिबेशनमा समेत सबैभन्दा बढी भोट ल्याउने युवा नेता समेत हुन पौडेल ।


ADVERTISEMENT

# # #


कांग्रेसले चुनाव जित्ने हो भने पौडेललाइ उमेद्वार बनाउनुपर्ने मागले नेतृत्वलाई ठूलै दवाव परिरहेको छ । सरल स्वभाब भएका नेता पौडेल तनहुँ क्षेत्र नं २ मा प्राथमिकताका साथ विकास लैजाने नेताका रुपमा समेत चिनिन्छन् । परिवर्तनहरुलाई संस्थागत गर्दै संविधान कार्यान्वयनका लागि निर्वाचन पश्चात विकास र समृद्धिका लागि नयां विचार, सोच, कार्ययोजना र काम गर्ने नेताको जनताले खोजि गरिरहेका छन् । युवाको हातमा नेतृत्व जाने हो भने विकास, समृद्धि देख्न पाईन्छ भन्ने जनताहरुको अपेक्षा समेत देख्न सकिन्छ । देश, जनता र कांग्रेसका लागि समयको मागका रुपमा समेत नेता पौडेलको खोजि भईरहेको नेताहरु बताउँछन् ।

यसैबीच सोही क्षेत्रमा अर्का नेता शंकर भण्डारीको समेत नाम आउँदा कांग्रेसमा भूकम्प गएको छ । पौडेलको सशक्त उपस्थिती र माग भईरहेका बेला तनहुँ २ मा अन्य कोही नेता विकल्पका रुपमा आउन नसक्ने भन्दै उनको समर्थक, कार्यकर्ताहरुले चर्को दवाव र विरोध गरिरहेका छन् ।

सो क्षेत्रमा पौडेललाई टिकट नदिए कांग्रेसले चुनाब हार्ने नेता कार्यकर्ताहरुकै ठहर छ । चुनाव जित्नका लागि पौडेल बाहेक अरुलाई तनहुँ २ मा नपठाउन पार्टी नेतृत्वलाई ठूलो दवाव परेको छ ।

भण्डारीलाई प्रंदेश सभामा उठाएर पौडेललाई तनहुँ २ बाट संसदका लागि प्रत्यक्षमा उठाउनु पर्ने त्यस क्षेत्रका कांग्रेस कार्यकर्ता र नेताहरुको बलियो बहुमत रहेको बताईन्छ ।

सम्भावना भएको र काम गर्न सक्ने क्षमता राख्ने नेतालाई रोक्ने भन्दा पनि सहयोग गर्न पार्टीमा दवाव छ । अझ पौडेललाई कांग्रेसमा लामो दौडको घोडाका रुपमा समेत चित्रित गरिन्छ । चौतर्फी बाम गठबन्धन देखिईरहँदा लोकतान्त्रिक शक्तिलाई जिताउनका लागि पौडेल जस्ता सशक्त नेतालाई नै उमेद्धवार बनाएर कांग्रेसले चुनावी रणभूमिलाई आफ्नो पक्षमा पार्ने रणनीति लिएर अघि बढ्नुपर्ने सुझाब छ ।

योग्यता, क्षमता, जनभावना बुझेर उमेद्वार छनोट गर्न पौडेल समर्थक कार्यकर्ता र नेताहरुको माग छ । पार्टीले वास्तविक धरातल नबुझि निर्णय लिएमा कांग्रेस हार्ने भन्दै त्यसको प्रतिकार समेत गर्ने बताईएको छ ।