काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीको स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेपछि माधव समूह बैठकबामट बाहिरिएको छ ।


ADVERTISEMENT


शुक्रबार तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको बैठकमा माधव समूह पुगेका बैठक रोक्न आग्रह गरेको थियो । तर, ओलीले बैठक रोक्न नमान्दा आफूहरु बैठकबाट बाहिरिएको एमाले उपाध्यक्ष भीम रावलले बताए । उनले बैठकमा कार्यदलले गरेको १० बुँदे सहमति अनुसार बैठक अघि बढाउनु पर्ने, एमालेको एकतालाई खण्डित हुने दिशातर्फ नधकेल्न, पार्टी एकताका लागि आजको बैठक स्थगित राख्न माग गरेको बताए ।


ADVERTISEMENT

# # #


‘पार्टी अध्यक्षले आफ्नो निवास सर्नेबेला दिएका अधिव्यक्तिले हामीहरुलाई अप्ठ्यारो पारेको र केही समय चाहिएकाले बैठक रोक्न आग्रह गरेका थियौँ ।’ रावलले भने, ‘तर, उहाँले यो बैठक जारी रहन्छ भनेपछि हामीले बैठकमा सहभागि हुन सक्दैनौँ भनेर बाहिरियौँ ।’

बैठकस्थलमा माधप पक्षका नेताहरु पार्टी उपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट र भीम आचार्य पुगेका थिए।