काठमाडौँ– प्रोग्रेशिभ फाइनान्स लिमिटेडले सर्लाहीमा पनि आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।


ADVERTISEMENT


जिल्लाको बरहथवा नगरपालिका वडा नं ६ स्थित आफ्नो नयाँ शाखा कार्यालय विस्तार गरी कारोबार शुरुवात गरेको हो ।


ADVERTISEMENT

# # #


फाइनान्सले प्रदान गर्दै आएका सबै सेवा तथा सुविधाहरु सो शाखाबाट समेत प्रवाह गरिने संस्थाले जनाएको छ ।

कुल ८० करोड १ लाख चुक्ता पुँजि रहेको वित्तीय संस्थाको यस शाखा स्थापना भएसंगै फाइनान्सको कुल ११ वटा शाखा तथा ४ वटा एक्सटेन्शन कार्यालयहरु मार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुने बताइएको छ ।

यस्तै, फाइनान्सले केही दिन भित्र नै देशका प्रमुख शहर तथा शहरोन्मुख क्षेत्रहरुमा थप ५ वटा शाखा तथा दुईवटा विस्तारित काउन्टर स्थापना गरी कारोबार सञ्चालन गर्ने तयारी गरेको फाइनान्सका नायब प्रमुख कार्यकारी अधिकृत महेश्वर पहारीले जनाए ।

कोभिड १९को महामारीका बीच स्थापना गरिएको नयाँ शाखाले बरहथवा नगरक्षेत्र सहित आसपासका अन्य गाउँपालिका तथा नगरपालिकाहरुमा बसोबास गर्ने स्थानीय जनताको घरदैलोमा नै पुग्ने गरी उच्चतम प्रविधिको उपयोगद्वारा वित्तीय सेवा उपलब्ध गराउने वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाँईको प्रतिबद्धता रहेको छ ।

एटीएम, मोबाइल बैंकिङ, इ बैंकिङ, आइपीएस, कनेक्ट आइपीएस, सी आस्वा लगायत प्रविधिमा आधारित आधुनिक डीजीटल बैकिङ तथा रेमिटान्स सेवाहरुको उपलब्धता रहेको यस प्रोग्रेशिभ फाइनान्सले छिट्टै शाखारहित बैकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको छ ।