काठमाडौँ – नेपालका लागि चिनियाँ राजदूत होउ यांकीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेकी छन् । राजदूत यांकीले शुक्रबार प्रधानमन्त्री निवास बालुवाटानर पुगेर भेटवार्ता गरेकी हुन् ।


ADVERTISEMENT


भेटका अवसरमा राजदूत यांकीले प्रधानमन्त्री देउवालाई बधाई तथा शुभकामना दिइन् । यस्तै प्रधानमन्त्री देउवाले नेपाल र चीनबीचको सम्बन्ध मजबुत बन्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले यसअघि नै भारत, अमेरिका लगायतका देशका राजदूतहरुसँग भेट गरिसकेका छन् ।


ADVERTISEMENT

# # #


गत सोमबार सर्वोच्च अदालतले निवर्तमान प्रधानमन्त्री केपी ओलीको संसद विघटन गर्ने निर्णयलाई बदर। गर्दै प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

सोही अनुसार राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।