काठमाडौँ – आगामी १७ अक्टोबरदेखि १४ नोभेम्बरसम्म युएई र ओमानमा हुने टी–२० पुरुष विश्वकप क्रिकेटका लागि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले समूह विभाजन गरेको छ ।


ADVERTISEMENT


आईसीसीले शुक्रबार सार्वजनिक गरेको समूह अनुसार आगामी विश्वकपमा भारत र पाकिस्तान समूह चरणमै आमुन्ने सामुन्ने हुने भएका छन् । आइसीसीले भारत र पाकिस्तानलाई समूह २ मा राखेको हो । दुई देशबीचको राजनीतिक विवादका कारण प्राय आइसीसीका प्रतियोगितामा मात्रै भेट हुने यी दुई टोलीको खेल क्रिकेटमा सबैभन्दा प्रतीक्षाको खेल हुने गर्छ ।


ADVERTISEMENT

# # #


विश्वकपमा १६ टिम भिड्दैछन् । पहिलो चरणमा विश्वकपमा छनोटमार्फत पुगेका ६ टिम नेदरल्याण्ड, पपुवा न्यूगिनी, आयरल्याण्ड, नामिबिया, स्कटल्याण्ड र ओमान तथा टी–२० वरियतामा उत्कृष्ट ८ मा नअटाएका बंगलादेश र श्रीलंका भिड्नेछन् । यी ८ टोलीलाई २ समूहमा बाँडिनेछ । त्यसबाट प्रत्यके समूहका विजेता र उपविजेताले सुपर १२ मा स्थान बनाउनेछन् ।

जहाँ टी–२० वरियताको उत्कृष्ट ८ भित्र रहेका भारत, पाकिस्तान, इंग्ल्याण्ड सहितका टोली रहेका छन् । सुपर १२ लाई पनि दुई समूहमा विभाजन गरिएको छ । समूह १ मा इंग्ल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, वेष्ट इण्डिज, ग्रुप ‘ए’ को विजेता र ग्रुप ‘बी’ को उपविजेता एक आपसमा भिड्नेछन् । यस्तै समूह २ मा भारत, पाकिस्तान, न्यूजिल्याण्ड, अफगानिस्तान, समूह ‘बी’ को विजेता र समूह ‘ए’ को उपविजेता आमुन्नेसामुन्ने हुनेछन् ।

भारतमा अयोजना हुने भनिएको विश्वकप कोरोना महामारीका कारण युएई र ओमानमा सारिएको हो । यद्दपी आयोजनाको सम्पूर्ण व्यवस्थापन भने भारतले नै गर्नेछ । टी–२० विश्वकप पछिल्लो संस्करण सन् २०१६ मा भारतमा भएको थियो । उक्त विश्वकपको उपाधी इंग्ल्याण्डलाई हराउँदै वेष्टइण्डिजले जितेको थियो ।

सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकप खेलेको नेपाल यसपटकको विश्वकपमा हुनेछैन । सन् २०१९ मा सिंगापुरमा भएको एशिया छनोटमा कतार र सिंगापुरसँग अप्रत्याशित रुपमा पराजित भएपछि नेपाल विश्वकप छनोटमै पुग्न असफल भएको थियो ।

विश्वकपमा सुपर८ का आधारमा छनोट भएका टोली
१. भारत (आयोजक)
२. पाकिस्तान
३. अष्ट्रेलिया
४. इंगल्याण्ड
५. दक्षिण अफ्रिका
६. न्यूजील्याण्ड
७. वेष्ट इण्डिज
८. अफगानिस्तान
वरियताका आधारमा छनोट भएका
९. बंगलादेश
१०. श्रीलंका
विश्वकप छनोटबाट आएका
११. नेदरल्याण्ड
१२. पपुवा न्यूगिनी
१३. आयरल्याण्ड
१४. नामिबिया
१५. स्कटल्याण्ड
१६. ओमान