काठमाडौँ – नेपालमा शुक्रबार थप २ हजार ९ सय ३६ जनामा कोरोना पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ९ हजार ६ सय १३ पीसीआर परीक्षणका क्रममा २ हजार ६ र ४ हजार ५ सय ६९ एन्टीजेन परीक्षणका क्रममा ९३० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालका कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ४३ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ५ सय ६ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १ हजार ७ सय ७५ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा ६ लाख २८ हजार २४३ संक्रमित निको भएका छन् । हाल नेपालमा २६ हजार ८२७ सक्रिय संक्रमित आइशोलेशन र ३२१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ५६ हजार १९९ वटा पिसिआर र २ लाख ५६ हजार ६२३ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।