काठमाडौँ – चालू आर्थिक वर्ष २०७८/७९ भित्र प्रतिष्ठित व्यवसायिक घराना गोल्यान समूहले काठमाडौँ उपत्यकामा ४० वटा स्टोर विस्तार गर्ने भएको छ । हाल ७ वटा स्थानमा माटो ब्राण्डको कृषि उपज तथा वस्तुहरुको स्टोर स्थापना गरेको गोल्यान समूहले ४० स्थानमा स्टोर विस्तार गर्न लागेको हो ।


ADVERTISEMENT


एक वर्ष अघि स्थापना भई काठमाडौँमा अर्गानिक कृषि उत्पादन विक्री गरिरहेको उक्त समूहले कोभिडका कारण अपेक्षित रुपमा स्टोर विस्तार गर्न नसकेको बताएको छ । ‘कोभिड नभए गएको वर्ष २०/२५ वटा स्टोर स्थापना भइसक्थ्यो,’ उनले भने, ‘यस वर्ष स्टोर संख्या बढाउँछौँ ।’


ADVERTISEMENT

# # #


नयाँ बानेश्वरमा पहिलो फेन्चाइज स्थापना गरि व्यवसाय शुरु गरेको उक्त समूहले काठमाडौँ, भक्तपुर र ललितपुरमा १ सय वटा माटो ब्राण्डका स्टोर स्थापना गर्ने लक्ष्य लिएको छ । हाल कम्पनीले ६० वटा भन्दा बढी प्रकारका कृषि उत्पादनको विक्री गरिरहेको छ ।