काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने भएका छन् । संसद् पुनःस्थापनापछि आज पहिलोपटक प्रतिनिधि सभाको वैठक बोलाइएको छ ।
सर्वोच्च अदालतले गत असार २८ गते संसद् पुनःस्थापना गरेपछि २९ गते देउवा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानको धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ।
प्रधानमन्त्री स्रोतकाअनुसार देउवाले आजै विश्वासको मत लिने तयारी गरेका छन् । प्रतिनिधि सभाको बैठक साँझ ४ बजेका लागि बोलाइएको छ।