काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटीको बैठक सुरु भएको छ । च्यासलस्थित तुलसी स्मृति भवनमा मध्याह्न सुरु भएको बैठकमा माधव कुमार नेपाल पक्ष अनुपस्थित रहेको छ ।


ADVERTISEMENT


यसअघि शुक्रबार पार्टी अध्यक्ष केपी शर्माओलीले बोलाइको स्थायी कमिटीको बैठकमा पनि माधव समूह अनुपस्थित रहेको थियो । सोही दिन नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बसेको एमाले संसदीय दलको बैठकमा पनि नेपाल समूह उपस्थित भएको थिएन ।


ADVERTISEMENT

# # #


एमाले एकताका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमति अनुसार बैठक अघि बढाउनु पर्ने, एमालेको एकतालाई खण्डित हुने दिशातर्फ नधकेल्न, पार्टी एकताका लागि बैठक स्थगित राख्न माग गरे पनि ओलीले अस्वीकार गरेपछि नेपाल समूह यसअघिका बैठकमा उपस्थित भएको थिएन ।

अघिल्लो सोमाबार सर्वोच्च अदालतले संसद विघटनलाई बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार प्रतिनिधिसभाको बैठक आज अपरान्ह ४ बजे बस्दैछ । प्रधानमन्त्री देउबाले आजै प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् ।

माधव समूहले देउवालाई विश्वासको मत दिने संकेत गरेको छ । यद्दपी आधिकाररिक निर्णय भने भइसकेको छैन ।