काठमाडौँ– नवनियुक्त प्रधानमन्त्री शेरबाहदुर देउवाले आजै आजै संसदमा विश्वासको मत लिने निर्णय गरेका छन् । संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त भएको देउवाले संविधानको धारा ७६ को उपधारा ६ अनुसार विश्वासको मत लिन लागेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री पदमा भर्खरै नियुक्त भएका देउवाको पक्षमा एमालेको माधव नेपाल पक्षका सांसदहरुले पनि देउवालाई विश्वासको मत दिने तयारी गरेपनि सोही पक्षका सांसद योगेश भट्टराईले भने देउवालाई विश्वासको मत नदिने भएका छन् ।


ADVERTISEMENT

# # #


भट्टराईले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको उनको सचिवालयले जनाएको हो ।

यससंगै समय–समयमा आइरहने ‘भट्टराई माधव नेपालको साथ छाडेर ओलीको साथ गएको’ भन्ने चर्चाले पुनः स्थान पाएको छ । यद्यपि सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दा भने भट्टराईले त्यसलाई सर्वाेच्चको निर्णय ‘स्वागत योग्य’ रहेको भन्ने अभिव्यक्ति प्रकट गरेका थिए ।