काठमाडौँ – राष्ट्रिपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले उक्त अध्यादेश खारेज गरेकी हुन् ।


ADVERTISEMENT


राष्ट्रिपति भण्डारीले संविधानको धारा ११४ को उपधारा २(ख) अनुसार संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७८ खारेज गरेका राष्ट्रिपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जनाएका छन् ।


ADVERTISEMENT

# # #


तत्कालीन प्रधानमन्त्री केपी शर्माओली नेतृत्वको सरकारले ल्याएको अध्यादेशलाई प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले खारेज गर्ने निर्णय गरेको हो ।