काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले आज विश्वासको मत लिने निर्णय गरेपछि नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टर चढेर हतार–हतार काठमाडौँ आइपुगेका छन् ।


ADVERTISEMENT


काठमाडौं कांग्रेस नेता रामजी कुँवरको स्मृति सभाका लागि पोखरामा पुगेका थापा प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने निर्णय लिएपछि उनलाई भोट दिन काठमाडौँ आएका हुन् । तनहुँको दमौलीसम्म गाडीमा आएका उनी त्यसपछि भने हेलिकप्टरमार्फत काठमाडौँ अवतरण गरेका हुन् ।


ADVERTISEMENT

# # #


संविधानको धारा ७६ को उपधारा ५ अनुसार ,प्रधानमन्त्रीमा नियुक्त भएको देउवाले संविधानको धारा ७६ को उपधारा ६ अनुसार आज विश्वासको मत लिन लागेको हो । यसका लागि आज अपरान्ह ४ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।