जनकपुर – भारतको जयनगर–जनकपुरधाम (कुर्था) रेल्वे ट्रयाकको गति परीक्षण र सर्टिफिकेसन गरिएको छ ।


ADVERTISEMENT


आईतवार जयनगरबाट आएको भारतीय रेलले जनकपुरधामको कुर्था स्थित मुख्य स्टेशनसम्म गति परीक्षण र ‘सर्टिफिकेसन’ गर्ने कार्य सम्पन्न गरेको हो । भारतीय कोनकन कम्पनीका प्रतिनिधी तथा नेपालका महाप्रवन्धक गुरु भट्टराईले संयुक्तरुपमा निरिक्षण पश्चात जनकपुरधामको कुर्था रेल्वे स्टेशनमा पूजाजा समेत गरिएका थियो ।


ADVERTISEMENT

# # #


गथि परीक्षण सम्वन्धि जानकारी दिँदै रेल्वेका महाप्रवन्धक भट्टराईले भारतीय डव्लु डि एम थ्रीडी नामको इन्जिन तथा दुइवटा मालवाहक डव्वा सहित आएको ट्रेनले गतिक्षण गरेको बताए । उनले लिकहरुको समय समयमा मर्मत तथा पुलहरुको पनि सबै काम भइसकेकोले समस्या नरहेको जानकारी दिए ।

सरकारले पटक पटक नेपालमा रेल चल्ने भनेर मिति किटान गरेपनि रेल्वे चल्न सकेको छैन । महाप्रवन्धक भटराईले रेल नचल्नुमा राजनीतिक खिचातानी महत्वपुर्ण कारण रहेको बताए । तोकिएकै मितिमा रेल चलाउनका लागि सम्पुर्ण तयारीहरु गरिएपनि सरकार परिवर्तन भएको कारण रोकिएको उनको भनाई छ ।

जनकपुरधाम (कुर्था)–जयनगर रेल सञ्चालनका लागि रेल्वे ट्रयाक एकवर्ष अगाडी नै निर्माण पुरा भइसकेको छ । दुई सेट रेल पनि आएको १० महिना भएको छ । ०७७ आश्विन २ गते जनकपुरधाम रेल आउँदा स्थानीय उत्साहित बनेका थिए । तर रेल कहिले सञ्चालनमा आउने कुराको अझै टुङ्गो नलाग्दा स्थानीय निराश बन्न थालेका छन् ।