काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा बहुमत सदस्य संख्याको विश्वासको मत पाएका छन् ।


ADVERTISEMENT


आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा भएको मतदानमा देउवाले प्रतिनिधिसभामा आफ्नो बहुमत हासिल गर्दै सरकार टिकाउन सफल भएका हुन् । प्रतिनिधिसभामा आइतबारको बैठकमा २४९ जना सांसद उपस्थित रहेका थिए । जसमध्ये जनाले प्रधानमन्त्री देउवाको पक्षमा १६५ जना सांसदले मतदान गरेका हुन् ।


ADVERTISEMENT

# # #


एमाले अध्यक्ष केपी ओलीसहित ८३ जनाले विपक्षमा मतदान गर्दा १ जना सांसद भने तटस्थ बसेका छन् ।

देउवाको पक्षमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमाले माधव कुमार नेपाल पक्षका केही सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मतदान गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत जेठ ७ गते राती दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका थिए । तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णय असंवैधानिक रहेको भन्दै संसद पुनर्स्थापना गरेको थियो ।

सर्वोच्चले सात दिनभित्र बैठक बोलाउन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रिपति विद्यादेवी भण्डारीले देउवालाई असार २९ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि देउवाले एक हप्तामै विश्वासको मत लिन सफल भएका हुन् ।