काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत लिने प्रक्रिया सुरु भएको छ । प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (६) अनुसार विश्वासको मत लिन लागेका हुन् ।


ADVERTISEMENT


तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत जेठ ७ गते राती दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका थिए । तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णय असंवैधानिक रहेको भन्दै संसद पुनर्स्थापना गरेको थियो ।


ADVERTISEMENT

# # #


सर्वोच्चले सात दिनभित्र बैठक बोलाउन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रिपति विद्यादेवी भण्डारीले देउवालाई असार २९ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि देउवाले विश्वासको मत लिन लागेका हुन् । देउवालाई कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र समूहले विश्वासको मत दिँदैछन् । उनलाई नेकपा एमालेको माधव कुमार नेपाल समूहका सांसदले पनि विश्वासको दिनेछन् ।

प्रत्यक्ष हेर्नुहोस्: