काठमाडौँ – प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।


ADVERTISEMENT


बैठक सुरु हुनासाथ सभामुख अग्निप्रसाद सापकोटाले अधिवेशन प्रारम्भ भएकामा सबै सांसदलाई स्वागत गर्दै अधिवेशनको सफलताको लागि शुभकामना व्यक्त गरे । मुलुकमा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनमा जीवनउत्सर्ग गर्ने ज्ञातअज्ञात शहीदको योगदानको स्मरण गर्दै बैठकमा मौनधारण गरियो ।


ADVERTISEMENT

# # #


सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वान र विभिन्न मितिमा मन्त्रिपरिषद् गठनसम्वन्धी पत्र वाचन गरेर सुनाए । उनले प्रतिनिधिसभा नियमावलीअनुसार सभाको अध्यक्षता गर्ने सदस्य मनोनयनसम्वन्धी राख्नु भएको प्रस्तावलाई बैठकले स्वीकृत गरेको छ ।

अबको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने कार्यतालिका रहेको छ । बैठक सुरु भएपछि प्रधानमन्त्री देउवाले विश्वासको मत लिने प्रक्रिया सुरु हुनेछ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत जेठ ८ गते दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका थिए । तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णय असंवैधानिक रहेको भन्दै संसद पुनर्स्थापना गरेको थियो ।

सर्वोच्चले सात दिनभित्र बैठक बोलाउन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । सोही अनुसार बैठक बसेको हो ।