काठमाडौँ– नागरिक उड्डयन प्राधिकरणले काठमाडौं–दिल्लीको उडान संख्यामा थप गरेको छ । यसअघि सातामा २ वटा मात्रै भर्ने गरेको उडान संख्यालाई वृद्वि गर्दै प्राधिकरणले ६ वटासम्मको उडानलाई अनुमति दिएको हो ।


ADVERTISEMENT


वैशाख २३ देखि सातामा १४ वटा उडान हुँदै आएको काठमाडौं–दिल्ली सेक्टर कोरोना संक्रमणको दोस्रो लहरको चेन ब्रेक गर्न भन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको आदेश अनुरुप दुइटा उडानमा मात्रै सीमित गरिएको थियो । त्यस पश्चात् अन्य देशमा उडान रोक लगाइए पनि नेपाल–भारत उडानका लागि भने सातामा दुई उडानलाई अनुमति दिइएको थियो ।


ADVERTISEMENT

# # #


प्राधिकरणका अनुसार, आजदेखि नै लागु हुने सो सेवाअन्तर्गत नेपाल वायुसेवा निगम र भारतीय ध्वजाबाहक एयर इन्डियालाई सातामा ३/३ गरी ६ वटा उडान गरिनेछ । यद्यपि यसका लागि भने, सेवा वाहकले नेपाल सरकारले बनाएको स्वास्थ्य मापदण्ड पालना गराउदै सेवा दिनुपर्ने प्राधिकरणको उडान अनुमति शाखाका उप–प्रबन्धक ज्ञानेन्द्र भुलले बताए ।