काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा जसपाका निलम्बित सांसद रेशम चौधरीलाई छोड्ने कुरामा सकारात्मक देखिएका छन् ।


ADVERTISEMENT


आइतबार विश्वासको मत लिने क्रममा उनले हाल जन्मकैदको कारागार सजाय भोगिरहेका सांसद चौधरीलाई छुटाउने पक्षमा आफु रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


यस विषयमा बोल्दै उनले भनेका छन्, ‘मैले उहाँ(चौधरी)लाई सांसद हुनुभन्दा पहिलेदेखि चिन्छु । उहाँलाई छाड्नुपर्छ भन्ने कुरा मैले पहिले पनि भन्दै आएको छु । उहाँ छुट्नुपर्छ भन्ने व्यक्ति हुँ ।’

यद्यपि देउवाले अदालतको पनि आफ्नै नियम कानुन रहने र सोको विरुद्व आफुहरु जान नसकिने समेत उल्लेख गरेका छन् । यसका लागि उनले राजा वीरेन्द्रका पालाको विगतलाई स्मरण गराउँदै भने, ‘राजा वीरेन्द्रले आममाफी दिँदा पनि काँग्रेसका नेता कार्यकर्ता २० वर्ष रहेका थिए । अदालतका आफ्नै नियम कानुन रहेका छन्, र यसलाई हस्तक्षेप गर्नु हुँदैन भन्ने हाम्रो मान्यता रहेको छ ।’

वि.सं २०७२ साल भदौं ७ गते कैलालीको टीकापुरमा थारुहट आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो । उक्त हत्याकाण्डमा रेशम चौधरीको पनि संलग्नता देखिएको भन्दै जिल्ला अदालत कैलालीका न्यायाधीश परशुराम भट्टराईको एकल इजलाशले चौधरीलाई जन्मकैदको फैसला सुनाएको थियो । र, हाल उनी सो सजाय भुक्तान गर्दैछन् ।