काठमाडौँ– काठमाडौँ महानगरपालिकाले एसइईको परीक्षा नतिजा प्रकाशन हुनुभन्दा पहिले नै कक्षा ११ को भर्ना नलिन सम्बन्धित सबैलाई आग्रह गरेको छ ।


ADVERTISEMENT


आइतबार महानगरपालिका शिक्षा विभागले एक सूचना जारी गर्दै कतिपय माध्यमिक विद्यालय र कलेजले विद्यालय शिक्षा व्यवस्थापन निमावाली २०७४ को नियम ४८ (६) मा भएको व्यवस्थाविपरीत एसइईको परीक्षा नतिजा प्रकाशन नहुँदै कक्षा ११ को भर्ना थालिएकोमा आपत्ति जनाएको हो ।


ADVERTISEMENT

# # #


यससंगै शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीद्वारा जारी गरिएको सूचनामा, कक्षा ११ मा भर्ना गर्दाको समयमा नै विद्यार्थीसंग ११ र १२ कक्षाको शुल्क तोक्नुपर्ने, विद्यार्थीसँग रजिस्ट्रेशन दस्तुर, परीक्षा शुल्क लिँदा राष्ट्रिय परीक्षा बोर्डले तोकेको शुल्क मात्र लिनुपर्ने, विद्यार्थीलाई किताब, कपी, पोशाक र शैक्षिक सामग्री विद्यालयले भनेकै स्थानमा किन्नका लागि बाध्य नगाराउन समेत आग्रह गरिएको छ ।

यस्तै, विभागले सम्बन्धित कलेजहरुले कक्षा ११ र १२ मा विद्यार्थीलाई दिइने सेवा र उनीहरुबाट लिइने शुल्क यसै साउन १५ गतेभित्र र कलेजले तोकेबमोजिम छात्रावृत्ति अनिवार्यरुपमा प्रदान गराइ उक्त सुविधा पाउने विद्यार्थीको विवरण शैक्षिकसत्र शुरु भएको दुई महिनाभित्र विभागमा बुझाइ सक्नुपर्ने जनाएको छ ।

अन्यथा उल्लेखित नियम पालना नगर्ने सम्बन्धित निकायलाई कानुन बमोजिम कारवाहि समेत हुने शिक्षा अधिकारी सुवेदीको भनाई छ ।