काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सत्ताको दुरुपयोग गरेर एमालेमाथि हमला शुरु गरेको भन्दै सशक्त प्रतिवादका निम्ति तयार रहन पार्टी पंक्तिलाई निर्देशन दिनुभएको छ ।


ADVERTISEMENT


एमाले केन्द्रीय कमिटीको दशौं बैठकलाई सोमबार तुलसीलाल प्रतिष्ठान च्यासलमा सम्बोधन गर्दै ओलीले एमाले पंक्तिमाथि हुने सम्भाव्य आक्रमण र षड्यन्त्रको अनुमान आफूले गरिसकेको र प्रतिवादका लागि तयार हुनुपर्ने बताएका हुन् । कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने र आफैं मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको उनको भनाई छ । उनले आफु नेतृत्वमा रहदा सरकारले धेरै राम्रा काम गरेपनि केही राजनीतिक दलहरूले आफ्नो अस्तित्व रक्षाका लागि भएपनि सरकारले गरेका राम्रा कामहरूको विरोध गरेको बताए ।


ADVERTISEMENT

# # #


उनले आफू नेतृत्वको अघिल्लो सरकारले संविधान, कानुन र लोकतान्त्रिक प्रक्रिया अनुसार मुलुकको समृद्धिको अभियानलाई अघि बढाएको, अन्तराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाएको दाबी समेत गरे ।

बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने माधव नेपालसहितका २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।