काठमाडौँ – नेपालमा सोमबार थप २ हजार ४ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।


ADVERTISEMENT


देशभर गरिएको ७ हजार ८ सय ३३ पीसीआर परीक्षणका क्रममा १ हजार ६ सय ४२ र ३ हजार ८ सय ३१ एन्टीजेन परीक्षणका क्रममा ८०३ जनामा कोरोना पुष्टि भएको हो । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १८ हजार ४९४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ३२ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा ९ हजार ५ सय ८२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #


त्यस्तै थप १ हजार २ सय ५८ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३३ हजार ३३२ संक्रमित निको भएका छन् । हाल नेपालमा २५ हजार ८३७ जना आइशोलेशन र ३०४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा ३४ लाख ७७ हजार ५१८ वटा पीसीआर र २ लाख ६६ हजार ६६२ वटा एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।