ललितपुर– अमेरिकाबाट कोभ्यास सुविधा अन्तर्गत प्राप्त भएको जोन्सन एण्ड जोन्सन खोप ललितपुरमा आज लगाइने भएको छ ।


ADVERTISEMENT


आज ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा सो खोप वितरण गर्न लागिएको हो ।


ADVERTISEMENT

# # #


मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगिन प्राथमिताका आधारमा वितरण गर्न लागिएको सो खोपको प्राथमिकतामा ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्ति, अपाङ्गता भएका क र ख वर्गको परिचय पत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायत परेका छन्, भने विदेश जानेहरुको सन्दर्भमा जोन्सन खोप अनिवार्य गरेका व्यक्तिलाई समेत सो खोप उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।

सोमबारदेखि शुरु भएको जोन्सन खोप अभियान निरीक्षण गर्न हिजो प्रधानमन्त्री शेर बहादुर देउवा तथा नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरीले संयुक्त खोप केन्द्रहरुको अनुगमन गरेका थिए ।