काठमाडौँ– नेकपा एमालेका महासचिवइश्वर पोखरेलले काङ्ग्रेसबाट लोकतन्त्रको भविष्य नभएको र नेकपा एमाले नै लोकतन्त्र को हिमायती भएको दाबी गरेका छन् ।


ADVERTISEMENT


आज काठमाडौँ क्षेत्र नम्बर ५ मा एमालेको चुनावी सभालाई सम्बोधन गर्दै उनले काङ्ग्रेसले बहुमत ल्याएमा लोकतन्त्र कमजोर हुने बताएका हुन् । सभामा उनले भने, ‘काङ्ग्रेसले २०१५ साल , २०४८ साल बहुमत ल्यायो तर सरकार चलाउन सकेन । फेरि २०५६ सालमा पनि काङ्ग्रेसले बहुमत ल्यायो र शेर बहादुर देउवा प्रधानमन्त्री भए । उनले लोकतन्त्र लाई झन कमजोर बनाएर र राजालाइ बुझाइदिए ।’


ADVERTISEMENT

# # #


नेपाली काङ्ग्रेसले बिराटनगरको जुट मिल, जनकपुरको चुरोट कारखाना , बिरगंजको चिनी मिल लगायतका कयौं उद्योगहरुलार्इ टोकरीको दाममा बेचेको आरोप लागाउँदै नेता पोखरेलले २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको सरकारलाई काङ्ग्रेसले टिक्नै नदिएको बताए ।

उनले केपी शर्मा ओलीको नेतृत्व भएको सरकारले जनमुखी काम र भारतको एकतर्फीको दादागिरीको अन्त्य गरेको जिकिर गरेका छन् । ओली सरकारले चीनसंग ब्यापारी सम्झौता गर्दा काङ्ग्रेसलाई टाउको दुखाइ भएको र सरकार ढलेको नेता पोखरेलले बताए ।