काठमाडौँ– सुपरहिट चलचित्र ‘झोला’ निर्माण युनिटले अर्को चलचित्र पनि निर्माण गरेको छ । चलचित्र हो ‘भोर’ ।


ADVERTISEMENT


निर्माण युनिटले शनिबार जनकपुर धाममा एक कार्यक्रम गर्दै चलचित्रको सम्पुर्ण छायाँकन सकिएको जानकारी गराएको छ ।
‘भोर’ झोलाकै यादव भट्टराइले निर्देशन गरेका हुन् । कृष्ण धारावासीको लेखन रहेको चलचित्र राज तिमिल्सेना र रामगोपाल थापाले मिलेर बनाएका हुन् । देबेन्द्र प्रसाद सुवेदी कार्यकारी निर्माता रहेको चलचित्र मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको हो ।


ADVERTISEMENT

# # #


मधेका कलाकार रामनाराय ठाँकुर, डली सरकार, पिएन पटेल, राजेश सक्सेन, अनिता रानी मण्डल लगायत कलाकारको अभिनय समेटिएको चलचित्रमा दिपक बज्राचार्यको छायाँकन रहेको छ ।

कार्यक्रममा चलचित्रको निर्देशन यादव भट्टराइले करिब दुई बर्ष मदेशी नजसमुदायमा रहेर ‘भोर’को कथा अध्यायन गरेको बताए । उनले चलचित्र दर्शकले रुचाउनेमा दुई मत नभएको सुनाए ।