काठमाडौँ – नेकपा (एमाले) का युवा नेता महेश बस्नेतले माओवादी अध्यक्ष प्रचण्ड र एमाले बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीलाई विभाजन गर्न खोजेको आरोप लगाएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलापछि सञ्चारकर्मीसंग कुरा गर्दै बस्नेतले देशी विदेशी शक्तिसंग मिलेर प्रचण्ड र नेपालले एमाले विभाजन गर्न खाजेको बताएका हुन् । एमालेलाई सत्ताबाट हटाउने षडयन्त्रमा एमालेकै सांसदहरु सहभागी भएका कारण षडयन्त्र तोड्न नसिकएको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले केपीओलीको साढे तीन बर्ष लामो सरकारले मुलुकका लागि धेरै काम गरेको जिकिर गरे । बस्नेतले आगामी निर्वाचनमा एमालेलाई शसक्त बनाएर पुन सरकारमा आउने बताए । उनले पार्टीभित्र रहेर पार्टीविरुद्ध लाग्ने सांसदहरुलाई कडा कारवाही हुने बताए ।

उनले पार्टीलाई मजबुत बनाउँदै आगामी निर्वाचनपछि सरकार बनाउने दाबी गरे । उनले भने, ‘अहिले हामी अलिकति रक्षात्मक भएका छौँ । तर, यो आन्दोलनलाई नयाँ जागरणका साथ अगाडि बढाउँछौँ र नेपालको कम्युनिस्टलाई फेरि सरकार बनाउने तहमा आगामी निर्वाचनमा लान्छौँ ।’

त्यसअघि भेलालाइ सम्बोधन गर्दै नेता बस्नेतले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छाड्न आग्रह गरेका थिए ।