काठमाडौँ – महान्यायाधिवक्ता खम्मबहादुर खातीले देश र जनतालाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् ।


ADVERTISEMENT


रिपोटर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उहाले आफू सँधैँ जनताको हितमा र संविधानअनुसार कार्य गर्न तयार भएको बताएका हुन् । आफूसँग काम गर्ने ऊर्जा र क्षमता रहेको उनको भनाई छ । धेरैले कम उमेरको भएकाले कसरी काम गर्न सक्छ भनिरहेको उल्लेख गर्दै उनले सही तरिकाले काम गरेर देखाउने दृढता व्यक्त गरे ।


ADVERTISEMENT

# # #


उनले विधिको शासन, संघीय लोकतान्त्रिक गणतन्त्रको सोच अनुरुप आफूले प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाल सरकारलाई कानुनी सल्लाह दिने बताए । जस्तोसुकै अनुकूलता र प्रतिकूलतामा पनि अविचलित रही काम गर्ने खातीले बताए ।

उनले मिडियाको भूमिका निकै महत्वपूर्ण हुने भन्दै आफूलाई मिडिया क्षेत्रबाट सल्लाह, सुझाव र निर्देशन समेत स्वीकार्य हुने बताए ।