काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीच आज भेटवार्ता हुने भएको छ ।


ADVERTISEMENT


गत साता मंगलबार प्रधानमन्त्री पदमा नियुक्त भएपश्चात्, प्रधानमन्त्री देउवा र विप्लवबीच हुन लागेको यो पहिलो भेट हो ।


ADVERTISEMENT

# # #


विप्लवसहितका नेताहरुले देउवासंग आज अपरान्ह चार बजे भेट्ने कार्यक्रम रहेको छ । जसमा गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का समेत सहाभागी हुने स्रोतले जनाएको छ ।

उक्त भेटवार्तमा यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका सन्दर्भमा छलफल गरिन लागिएको बुझिएको छ ।