काठमाडौँ – पछिल्लो समय निकै विवादित नायिका हुन् प्रियंका कार्की । गत वर्ष चैतमा आफू गर्भवती भएको जानकारी गराउँदै उनले पति आयुष्मानसँगको फोटो शेयर गरेर ‘वि आर प्रिग्नेन्ट’ लेखेयता नै उनको आलोचना हुँदै आएको छ । हक्की र निडर स्वभावकी उनले त्यसयता सामाजिक सञ्जालमा गर्भवती भएको तस्वीरहरु शेयर गर्दै आएकी छन् । यसमा उनका समर्थनमा पनि उत्तिकै प्रशंसकहरु भएकोमा उनका तस्वीरमाथि नकारात्मक कमेन्ट पनि उत्तिकै आउने गरेको छ ।


ADVERTISEMENT


मंगलवार ‘टोटल वाटर बेबी’को तस्वीर शेयर गरेपछि उनीमाथि नकारात्मक कमेन्टहरु आइरहेका छन् । एक ट्विटर प्रयोगकर्ताले उनको फोटो शेयर गर्दै आलोचना गरेपछि त्यसको रिट्विटमा प्रियंकालाई आएको समर्थनमा जनता समाजवादी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले समेत टिप्पणी गरेका छन् । उनले प्रियंकाको प्रशंसा गर्दै प्रियंकाले युगौँदेखिको पितृसत्तात्मक सत्ता र भ्रमको जालो च्यात्ने प्रयास गरेको बताए ।


ADVERTISEMENT

# # #


प्रियंकाको तस्वीर शेयर गर्दै एक ट्विटर प्रयोगकर्ताले गरेको ट्विटमा अर्को प्रयोगकर्ताले टिप्पणी गरेकी थिइन्, ‘केही खानुपर्दैन, दुनियाँ देखेको र पाखेपन छाडेको हुनुपर्छ ।’ सोही ट्विटलाई रिट्विट गर्दै भट्टराईले लेखेका छन्, ‘महिला कसैका सन्तान उत्पादन गर्ने कारखाना हैनन् आफ्नै सन्तानका सृष्टिका श्रोत हुन् भन्ने वैज्ञानिक, उन्नत चेतना (गूगल सर्च गरौं), युगौदेखिको पितृसत्तात्मक÷स्त्रीद्वेषी÷रूढीवादी सत्ता र भ्रमको जालो च्यात्ने साहस, ट्विटेलाई इॅटको सट्टा ढुंगा हान्ने आत्मवल !’

उक्त रिट्विटमा उनले आलोचना गर्ने व्यक्तिमा ‘पाखेपन’ हुने र त्यसलाई स्वीकार्नु ‘पाखेपन छाडेको हुने’ भन्ने अतिवादी सोच भएको भन्दै डा. भट्टराईको आलोचना भएको छ । उनले गरेको ट्विट असामाजिक र अमर्यादित भन्दै उनको आलोचना भएको छ ।