काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले हिन्दू विरोधी अभिव्यक्ति राखेको भन्दै आपत्ति जनाएका छन् ।  हिन्दू बिरोधी अभिब्यक्ति राखेको भन्दै उनले नेता भट्टराईलाई ‘उरन्ठ्याउलो’ को संज्ञा दिँदै यस्तो बुद्धिले कहीँ नपुगिने टिप्पणी गरेका छन् ।


ADVERTISEMENT


पूर्व प्रधानमन्त्री समेत रहेका जसपा नेता भट्टराईले विश्वास खतरनाक हुन्छ भन्दै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चढाएको तस्विर शेयर गरेका थिए । भारतमा रहेका आफ्ना सहपाठीले पठाएको भन्दै उनले दूध चढाइरहेको तस्विरमाथि ‘विश्वास खतरनाक चिज हो यसले दुध फाल्ने र पिसाब पिउने बनाउँछ’ लेखिएको तस्वीर सेयर गरेका थिए ।


ADVERTISEMENT

# # #


https://twitter.com/brb1954/status/1417675160866279431

उक्त ट्विटमा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय चौथाइवालेदेखि भारतीय तथा नेपाली मूलका हिन्दू धर्मप्रति आस्था राख्नेले डा. भट्टराईको आलोचना गरेका छन् । भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेले लेखेका छन्, ‘इदको दिनमा यस प्रकारको तस्विर सेयर गरेर तपाईँ र तपाईँका सहपाठीले हिन्दू विश्वास र संस्कारलाई ‘इन्सल्ट’ गर्नुभएको स्पष्ट हुन्छ ।’

https://twitter.com/vijai63/status/1417723043191824385?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1417723043191824385%7Ctwgr%5E%7Ctwcon%5Es1_&ref_url=https%3A%2F%2Fdeshsanchar.com%2F2021%2F07%2F21%2F535580%2F

बाबुरामको उक्त टिप्पणीको चौतर्फी आलोचना भइरहेको बेला काँग्रेस बरिष्ठ नेता पौडेलले पनि उनको टिप्पणीमाथि आपत्ति जनाएका हुन् । ‘हजारौं बर्षदेखि हामीले जुन सामाजिक मान्यता, आस्था बोकेर श्रेष्ठ र पवित्र जीवन बिताउदै आएका छौँ, त्यही सामाजिक मान्यता र आस्थामाथि गम्भीर आघात पुर्याउने डाक्टर बाबुराम भट्टराईको उरन्ठ्याउलो बुद्धिले नेपाली समाजलाई कहिँ पुर्‍याउदैन,’ पौडेलले ट्विट गरेका छन् ।

https://twitter.com/NcPaudel/status/1417878797261623302