काठमाडौँ– बुधवार साँझदेखि ‘ह्याकरको पत्र’ भन्दै बैंकिङ क्षेत्रमा फैलिएको आतंकको सन्दर्भमा नेपाल राष्ट्र बैंकले डराउन पर्ने अवस्था नरहेको स्पष्ट पारेको छ ।


ADVERTISEMENT


प्रारम्भिक अनुसन्धान अनुसार, रुसको डोमेन प्रयोग गरेर विभिन्न बैंकका उच्च अधिकारीलाई अपरिचित व्यक्तिद्वारा आएको फोन र इमेलबारे बैंकले धम्कीबाट सचेत रहनुपर्ने भएपनि विचलित हुनपर्ने अवस्था भने नरहेको जनाएको हो ।


ADVERTISEMENT

# # #


यसका लागि  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफ्नो तथा नेपालका सबै बैंकहरुको प्रणाली सुरक्षित रहेको प्रष्ट पारेका छन् । अपरिचित व्यक्तिबाट फोन र इमेलमार्फत प्रणाली ह्याक गर्ने धम्की प्राप्त भएपछि राष्ट्र बैंकले यस्तो स्पष्टीकरण दिएको हो ।

उनका अनुसार, बैंकले प्रयोग गर्ने फायर वालहरु सुरक्षित र ठिक अवस्थामै पाएको र अन्य बैंकहरुले पनि आफ्नो प्रणाली सुरक्षित रहेको जानकारी केन्द्रीय बैंकलाई गराएका छन् ।

बुधवार प्राप्त भएको पत्र भाइरल भएपछि नाम उल्लेख भएका बैंकहरुले रातभरी नै कर्मचारी राखेर प्रणाली निगरानी गरिरहेको गर्भनर अधिकारीको भनाई छ । यस्तै, अन्य बैंकरहरुले समेत प्रणाली अहिले पनि पुरै निगरानीमा रहेको  बताएका छन् ।

राष्ट्र बैंकका प्रवक्ता, सहप्रवक्ता तथा विभिन्न बैंकका उच्च अधिकारीलाई प्राप्त भएको भनिएको इमेलमा राष्ट्र बैंकसहित अन्य १५ बैंकको बैकिङ सिस्टम ह्याक् गर्ने र यसलाई हल्का रपमा नलिन समेत चेतावनी दिइएको जनाएको छ ।

यसरी ह्याक गर्ने भनिएको बैंकहरुमा नेपाल राष्ट्र बैंक, कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एशिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स बैंक इन्टरनेशनल, सानिमा बैंक, नेपाल एसबीआई, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंकको नाम उल्लेख छ ।

यो पनि पढ्नुहोस् :

बैंकिङ क्षेत्रमा नयाँ तरंग : बैंकका अधिकारीलाई बैंकिङ सिष्टम ह्याक गर्ने धम्की, नेपाल राष्ट्र बैंक भन्छ– डराउनुपर्दैन