काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले पार्टीमा रहेका असन्तुष्टहरुलाई मिलेर अघि बढ्न आह्वान गरेका छन् ।


ADVERTISEMENT


बिहीबार नेकपा संस्थापक नेता पुस्पलालको ४३ औँ स्मृति दिवसमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले ‘बाटो बिराएर गएका’हरुलाई आफूले माफी दिएको भन्दै पार्टीमा फर्किन आह्वान गरेका हुन् ।


ADVERTISEMENT

# # #


पार्टीका माधव कुमार नेपाल पक्षतर्फ संकेत गर्दै उनले भने, ‘कोही कतै बाटो बिराएर जानुभएको छ भने आउनुस् मैले आममाफी दिएँ ।’ अध्यक्ष ओलीले कम्युनिष्ट आन्दोलन काँक्राको चिचिलोजस्तो औंलो देखाउँदैमा झर्ने वा कर्कलाको पानीजस्तो एकातिर ढल्किँदैमा पोखिने नभएको जिकिरसमेत गरे ।

उनले बिहीबार मात्रै पार्टी एकताका लागि माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका थिए ।