दमक– झापाको कमल गाउँपालिका–५ स्थित आदिवासी रङ्गशाला तथा स्मृति प्रतिष्ठानको एक प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।


ADVERTISEMENT


प्रतिष्ठानसहित पाँच दलीय गठबन्धनको टोलीले निर्माणाधीन रङ्गशालाको भोगाधिकार तथा बजेट विनियोजन गर्न माग राख्दै प्रधानमन्त्रीसहित अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरी मागपत्र बुझाइएको प्रतिष्ठानका अध्यक्ष हुकुमसिंह राईले बताएका हुन् ।


ADVERTISEMENT

# # #


भेटका क्रममा प्रधानमन्त्री देउवा र अर्थमन्त्री शर्माले आदिवासी रङ्गशालाको योजना पूरा गराउन सरकारले सहयोग पुर्‍याउने आश्वासन दिएको भेटमा सहभागी प्रतिष्ठानका महासचिव दिपेनवाला राईले जानकारी दिएका छन् ।

टोलीमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्वमन्त्री केशवकुमार बुढाथोकी, कांग्रेस झापाका सभापति उद्धव थापा, कांग्रेसकी सङ्घीय सांसद महेन्द्रकुमारी सुब्बा, माओवादी केन्द्र प्रदेश नं १ का सदस्य झलकसिं दर्लामी, प्रदेश कमिटी सदस्य गगन पुरी, जनता समाजवादी पार्टी नेपालका नेता खगेन्द्र माखिम, जसपा झापा जिल्ला अध्यक्ष दिपेनवाला राई तथा प्रतिष्ठानका पदाधिकारीलगायतको सहभागिता थियो । रासस