काठमाडौं– कोका–कोला कम्पनीले कोभिड–१९ को महामारीलाई लक्षित गर्दै ‘घरमा साथ कोक सँग खास’ ट्यागलाइन सहित नयाँ टेलिभिजन विज्ञापन अभियान ल्याएको छ । उक्त अभियानले ‘टुगेदर टेस्ट बेटर’ भन्ने सन्देश प्रदान गरेको कम्पनीको दाबी छ ।


ADVERTISEMENT


यस महामारीले हामीलाई एकछिन विश्राम गरेर साँच्चिकै प्रियजनहरूसँग एकताका क्षणहरू मनाउने समय प्रदान गरेको वास्तविकताप्रति प्रकाश छर्ने प्रयास गरेको उक्त विज्ञापनमा विभिन्न नेपाली खानाहरु तीन परिवार र साथीहरूको समूहले विभिन्न परिकारहरुको खाना पकाएर कोकसँगै रमाइलो गरिरहेको देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


यस्तै, महामारीले मानिसहरूमा आफ्ना परिवारसँग मिलेर नयाँ नयाँ परिकारहरुको परिक्षण गर्दै विभिन्न खानाहरु बनाउन सिक्ने अवसर प्रदान गरेको बताउँदै विज्ञापनबारे कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर श्री आदर्श अवस्थी भन्छन्, ‘यो नयाँ विज्ञापन यी क्षणहरूबाट प्रेरित छ जुन हामीमाझ सँधै रहन्छ । कोक यी मनमोहक क्षणहरूको एक हिस्सा भएको छ ।’