काठमाडौँ– नेपला रक्षा मन्त्रालयले नेपाली सेनामा पुनः भर्ना लिन थालिएको सुचना सार्वजनिक गरेको छ ।


ADVERTISEMENT


मन्त्रालयले यसअघि कोभिड–१९ संक्रमण दोश्रो लहरको कारण स्थगन भएको नेपाली सेना भर्ती प्रक्रिया हाल स्थिति केही सहज भएको कारण देखाउँदै पुनः खुल्ला गरिएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


जसअन्र्तगत खुला तथा समावेशी मार्फत सि.सं.६२ अधिकृत क्याडेटका लागि गत वैशाख १५ बाट रोकिएको वियरिङ्ग, प्रि–मेडिकल तथा शारीरिक परीक्षा साउनको अन्तिम हप्ताबाट पुनः सञ्चालन हुने भएको छ भने, सि.सं.४९ पदिक तथा हुद्धा अधिकृत क्याडेटका आन्तरिक प्रतिस्पर्धा अन्र्तगतको बोर्ड अन्तर्वार्ता साउन १६ बाट शुरु हुनेछ ।

यस्तै, आन्तरिक प्रतिस्पर्धाकै विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार दर्ता संकलनका लागि भने साउन १० गतेदेखि २४ गतेसम्मको मिति तोकिएको छ । खुला तथा समावेशी र आन्तरिक परिपत्रको लेखा जमदार, पुजारी हुद्धा र अमल्दार कर्मचारीको लिखित परीक्षाको नतिजा साउनको अन्तिम हप्ता सार्वजनिक गर्ने मन्त्रलायको निर्णय छ ।

यसका साथै मन्त्रालयले यससम्बन्धी विस्तृतमा पुन: सूचनाहरु जारी गर्ने तथा अन्य आवश्यक जानकारी नेपाली सेनाको भर्ना छनौट निर्देशनालयको फेसबुक पेज www.facebook.com/NepaliArmyRecruitmentandSelection बाट समेत लिन सकिने जनाएको छ ।