काठमाडौँ – नेकपा एमालेले प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य गरेर सरकारले अध्यादेश नल्याओस् भन्दै ध्यानाकर्षण गरेको छ ।


ADVERTISEMENT


शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेकपा एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकारले संसद बन्द गरेर पार्टी विभाजनसम्बन्धी अध्यादेश ल्याउन लागेको हल्ला बाहिरि सुनिन थालेको भन्दै त्यसो नगर्न सचेत गराएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘बाहिर चर्चा छ, यो संसद, प्रतिनिधिसभा आजै समापनमा जाँदैछ । सम्मानीय प्रधानमन्त्रीले चाँडै अध्यादेश ल्याउँदै हुनुहुन्छ ।’ यद्दपी आफूहरुले अध्यादेश ल्याउँदा त्यतिबेलाको प्रतिपक्षी कांग्रेसले प्रश्न उठाएको भन्दै अहिले सरकारले अध्यादेश ल्याउला भन्नेमा आफूलाई विश्वास नै नभएको बताए ।

उनले सरकार बनेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनु पर्नेमा विस्तार हुन किन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरे । उनले भने, ‘मन्त्रालय नफुटोस्, जतिसुकै अप्ठ्यारो भए पनि संविधानले नै २५ जनाभन्दा बढी मन्त्री बनाउन दिँदैन । यो समेतलाई ध्यानमा राखेर यहाँको सरकारले चाँडै पूर्णता पाओस् ।’

उनले सरकार जनादेश, संसदबाट नभई सर्वोच्चको अदालतको परमादेशबाट बनेकाले जनता मुद्दा नउठाउला कि भन्नेमा आफूलाई शंका रहेको बताए ।