काठमाडौँं– टिभिएस मोटर कम्पनीले नेपाली बजारमा नयाँ मोडेलको स्कुटी ल्याउने तयारी गरेको छ ।


ADVERTISEMENT


कम्पनील टिभिएसको कस्टोमर डिमान्डको सोल अथोराइज्ड डिस्ट्रिब्युटरको रुपमा, जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले टिभिएस एनटर्क रेस एडिसन भर्चुअल रुपमा जगदम्बा मोटर्सको अफिसिएल फेसबुक पेजबाट लन्च गर्न लागेको हो ।


ADVERTISEMENT

# # #


कम्पनीले सो स्कुटर ‘बेस्ट इन क्लास : पिक–अप, पावर, पर्फरमेन्श, बेटर द्यान एफआई’ (Best in class: Pick-up, Power, Performance, Better than FI) नारासहित आउँदो आइतबार (जुलाई २५)का दिन साँझ ५ बजे लन्च गर्ने तयारी गरेको छ ।

टिभिएसले सन् २०१८ मा पहिलो ब्लुटुथ जडित स्मार्ट स्कूटरको रूपमा सुरू गरेको ‘टिभीएस एनटर्क १२५’ हाल नेपालको पहिलो स्मार्ट स्पोर्टी स्कूटरको रूपमा स्थापित भएको छ । केहि वर्षदेखि, ब्रान्ड उद्योगको पहिलो प्रविधि, बेजोड शैली, र चयन अन्तर्राष्ट्रिय बजारहरूमा उत्कृष्ट प्रदर्शन गर्न सो मोडेल छोटो समयमा नै नेपालको सबै भन्दा छिटो वृद्वि गर्ने स्कूटरको रुपमा परिचित हुन सफल भएको थियो ।

१२५– सीसीको एनटर्क १२५ रेस एडिसन सन् २०२० मा नेपाली बजारमा सबैभन्दा बढी बिक्रि हुने प्रीमियम स्कूटरमध्ये एक हो ।