काठमाडौँ– राष्ट्रियसभाका सदस्यले सरकारलाई किसान लक्षित कार्यक्रम अघि बढाउन आग्रह गर्दै कोभिड–१९ खोपको उचित व्यवस्थापन र सुनिश्चितता तथा दलबीच असल राजनीतिक संस्कार कायम गरी अघि बढ्न सुझाव दिएका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभाको आजको विशेष समयमा भाग लिने सदस्यले अन्तरराष्ट्रिय सीमालाई व्यवस्थित गर्न, लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र दल विशेषका कार्यक्रम प्रधानमन्त्री निवासमा नगर्न सल्लाह दिएका हुन् । ।


ADVERTISEMENT

# # #


नेपाली कांग्रेसका प्रकाश पन्थले भाषण नभई विकासका आयोजनालाई लक्षित गर्न, मजदूर र किसानलाई लक्षित कार्यक्रम बनाउन, सरकारी निवासमा पार्टीको कार्यक्रम नराख्न, सीमा चुस्त दुरुस्त बनाउन, खोपलाई व्यवस्थित गर्न तथा आर्थिक अनियमितताको छानविन गर्न माग गरेका छन् ।

मुलुकको राजनीतिक परिवर्तनका अग्रणी बिपी कोइराला र पुष्पलाल श्रेष्ठको योगदानको स्मरण गर्दै हालसम्म प्राप्त उपलब्धिमाथि अबका दिनमा प्रहार हुने हो की ? भन्ने आशङ्का बढेको बताउँदै नेकपा (एमाले) का खिमलाल भट्टराईले भने, ‘अदालतको फैसलाबाट सरकार गठन गर्नुपर्ने अवस्था आउनु दुर्भाग्य छ, केपी ओलीको विरोध गरेर यो सरकारले सुख पाउँछ?’ संसदमा एमालेले रचनात्मक भूमिका खेल्ने गरेको उनको भनाई छ ।

यस्तै, नेकपा माओवादी केन्द्रका जगप्रसाद शर्माले परमादेश र जनादेशको बहस मात्र केन्द्रित नहुन सबैमा आग्रह गरेका छन् । ओली सरकार आफ्नै कारणले ढलेको स्पष्ट पार्दै उनले भने, ‘देउवा सरकारले कसरी विश्वासको मत प्राप्त ग¥यो भन्ने कुरा एमालेले बुझ्नु जरुरी छ ।’

अर्कातिर नेकपा एमालेका भगवती न्यौपानेले पनि एमालेले न्यायालयको फैसलाको सम्मान गरेपनि सो फैसलाप्रति असहमति रहेको जनएकी छन् । ‘अदालतको फैसला निर्दलीयताको पक्षमा छ, सिधै प्रधानमन्त्री तोक्नु गलत हो, यसमा तार्किक ढङ्गले बहस गरिनुपर्छ’, सांसद न्यौपानेले भनिन् ।

यसैगरी, नेकपा एमालेका रामचन्द्र राईले प्रधानमन्त्री देउवाले विगतका गल्तीबाट पाठ सिक्नुपर्ने बताएका छन् । ओली सरकारले पहल गरेको खोपको सुनिश्चितता गर्दै सबैलाई खोप उपलब्ध गराउन मा समेत उनले जोड दिएका छन् ।

नेकपा (एमाले) का सांसद शेरबहादुर कुँवरले रोजगारका लागि दक्षिण कोरिया जान खोजेका युवा अलपत्र परेकामा सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने जनाउँदै भने, ‘यो विषयलाई सरकारले सम्बोधन गर्नुपर्छ ।’ विदेशबाट फर्किएका युवालाई वैकल्पिक रोजगारको व्यवस्था गर्न सांसद कुँवरको माग छ ।

नेकपा माओवादी केन्द्रका सांसद विना पोखरेलले पनि कोरोना भाइरसविरुद्धको खोपको सुनिश्चितता गर्नमा जोड दिएकी छन् भने, नेकपा एमालेका सांसद दिलकुमारी थापा रावलले भने, सर्वोच्चको फैसला दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै सो फैसलाले अराजकता फैलाउन सक्ने आशङ्का व्यक्त गरेकी छन् । कोरोना सङ्क्रमण बढिरहेका अवस्थामा भनिन् ।

यस्तै नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले पनि केपी शर्मा ओली सत्ताबाट आफ्नै कारणले बाहिरिएको बताउँदै ओलीले आफूले गरेको गल्तीको आत्मआलोचना गर्नुपर्नेमा जोड दिएका छन् । सर्वोच्चको फैसलाबारे निरर्थक बहस गर्न नहुने सांसद देवको भनाइ छ । रासस